११५ क्षमताको कारागारमा ४४९ कैदी
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १५:२१:१९
भदौ ६, कञ्चनपुर।
कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।
कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता रहेको छ । कारागारमा अहिले २० महिला सहित चार सय २९ पुरुषलाई राखिएको छ । ती मध्ये लागुऔषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन् ।
क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ । कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदीबन्दीले पालो मिलाउँदै आएका जनाइएको छ ।
सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्थासमेत रहेको छ । “थोरै पानी पर्दा समस्या छैन”, कारागारका जेलर मायाकुमारी बस्नेत थापाले भन्नुभयो, ठूलो वर्षा भए कैदीबन्दीलाई बस्न र सुत्नका लागि निकै समस्या छ ”, कैदीबन्दीको सङ्ख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको उनले बताए ।
“कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ”, उनले बताए , “सबै भवन पुराना छन् । बर्सातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ ।” उनका अनुसार भित्र ठाउँ नभएर बाहिर क्षेत्रमा त्रिपाल टाँगेरसमेत कैदीबन्दीलाई राखिएको छ ।
“केही दिनभित्रै अन्य जिल्लामा बढी भएका कैदीबन्दीलाई स्थानान्तरण गर्छौं”, उहाँले भन्नुभयो, “कम कैदीबन्दी भएका जिल्लाका कारागारमा स्थानान्तरणका लागि प्रक्रिया थालेका छौँ”, कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागिसमेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नुपरेको कैदीबन्दीले बताएका छन् ।
वर्षौं पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताउनुभयो, “कोरोनाको सङ्क्रमणको खतरा भए पनि हालसम्म कुनै पनि कैदीबन्दीमा कोरोनाको सङ्क्रमण देखा परेको छैन”, उहाँले भन्नुभयो, “केही कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएकाले उपचार भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार