आयोगद्वारा अर्थ मन्त्रालयसँग दश अर्ब ९८ करोड बजेट माग
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १७:५:१७
६ भदाै, काठमाडौं । निर्वाचन आयोगले अर्थ मन्त्रालय समक्ष आगामी चुनावका लागि दश अर्ब ९८ करोड बजेट माग गरेको छ । स्थानीय चुनावको भन्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दोब्बर बजेट माग गरिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार अर्थ मन्त्रालयलाई पत्राचार गरी बजेट माग गरिएको जानकारी दिएका छन् । आयोगले माग गरेको बजेटको सबैभन्दा ठूलो भाग निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन, मतदान केन्द्रका जनशक्ति लगायत मतगणनामा खर्च गरिनेछ ।
उनले जनशक्ति र कार्यालय व्यवस्थापनमा करिब छ अर्ब दुई करोड खर्च हुने अनुमान गरिएको जानकारी दिए । उक्त बजेट निर्वाचनको कुल खर्च करिब ६० प्रतिशत हो । आयोगले आगामी चुनावमा करिब दुई लाख जनशक्ति आवश्यक पर्ने जनाएको छ ।
त्यसैगरी, सामग्री व्यवस्थापनमा करिब दुई अर्ब तीन करोड खर्च हुनेछ । मतपत्र छपाइ, मतपेटिका खरिद, छेकावारालगायतका ५७ प्रकारका निर्वाचन सामग्री उक्त बजेटबाटै खर्चिनेछ ।
आयोगले अर्थ मन्त्रालयसँग माग गरेको बजेटमा अनुगमन तथा वैदेशिक सम्बन्ध सम्बन्धी शिर्षकका लागि ११ करोड छुट्याइएको छ । मतदाता शिक्षा तथा तालिमका लागि ६९ करोड रुपियाँ खर्च हुने आयोगले अनुमान गरेको छ । यसअघि स्थानीय निर्वाचनमा उक्त शिर्षकमा मात्र २४ करोड छुट्याइएको थियो । जसमध्ये करिब १६ करोड मात्रै खर्च भएको थियो ।
प्रवक्ता पौडेलले आयोगको केन्द्रीय कार्यालय तथा जिल्ला र प्रदेशस्थित कार्यालयको प्रशासनीक खर्च अन्र्तगत ८९ करोड खर्च हुने अनुमान गरिएको बताउनुभयो । निर्वाचन समीक्षा र प्रतिवेदन शिर्षकमा दुई करोड खर्च लाग्ने आयोगले जनाएको छ । मतदाता नामावली तथा निर्वाचन सञ्चालन खर्च अन्र्तगत करिब ५५ करोड खर्च हुने आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
कोशी र मधेसको पूर्वी भूभाग मन्द शीतलहर, अधिकांश स्थानमा हुस्सु तथा कुहिरो
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार