बढैयाताल गाँउपालिकाले अदालतको आदेश लत्याउँदै, कर्मचारीको १४ महिनाको तलब झयाम्
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १७:४१:१३
♦ दीपक शर्मा
६ भदौ, बर्दिया । श्रम गरेपछि त्यसको पारिश्रमिक पनि पाउनु पर्छ, यो सामान्य कुरा हो । तर बर्दियामा यस्तो पालिका छ, जसले १४ महिनासम्म कमचारीको तलब रोकेर राखेको छ । त्यति मात्र होइन, अदालतको आदेशलाई समेत लत्याउँदै अगाडि बढिरहेको छ ।
प्रसंग हो, बर्दियाको बढैयाताल गाँउपालिकाको उधम विकास सहजकर्ताको पदमा कार्यरत पुष्पा शर्माको । भत्ताको त कुरै छोडौं, उनले पाउनुपर्ने १४ महिनाको पारिश्रमिकसमेत गाँउपालिकाले दिएको छैन । अझ अचम्म त के छ भने पीडित कर्मचारीले तलब पाउ भनि कार्यालयमा माग गरेपनि वेवास्ता गरेपछि अदालत गएकी शर्माले अदालतले समेत उनले पाउनु पर्ने पारिश्रमिक दिनु भन्दा पनि गाँउपालिकाले अटेर गरेको हो ।
गाँउपालिकाको यस्तो खालको रबैयाले गर्दा पीडित मात्र होइन नगरवासी समेत अचम्ममा परेका छन । बढैयाताल गाँउपालिका वडा न. ३ निवासी पुष्पा शर्माले २०७७ साल पौष १ गते देखि २०७८ साल असार मसान्तसम्मको लागि गरिबी निवारण लघुउद्यम विकास कार्यक्रमबाट भुक्तानी पाउने गरी उद्यम विकास सहजकर्ता चौथो तहको पदको नियुक्ति पाएकी हुन ।
उनले २०७८ असार मसान्तसम्मको तलब पाएको त्यसपछि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले काम गर्दै गर्नु तलब तपाईको खातामा आउँछ भनेपछि मौखिक भनाइमा रहेर शर्माले २०७८ साल असारदेखि २०७९ साउनसम्मको तलव पारिश्रमिक नपाएकी हुन ।
उनले पारिश्रमिक नपाएपछि कार्यालयमा पटकपटक जानकारी गराउँदा पनि वेवास्ता गर्ने भएका कारण बाध्य भएर पारिश्रमिक माग गर्दै अदालतको ढोका ढकढक्याउन पुगेकी थिइन । २०७८ साल चैत्र २० गते उच्च अदालत तुल्सिपुर नेपालगञ्जमा दर्ता भएको मुद्धा २०७९ साल असार ३१ गते शर्माको पक्षमा फैसला भएको थियो । सम्मानित उच्च अदालतको परमादेशको समेत पालिकाले अबज्ञा गरेको हो ।
अदालतले निजले पाउनु पर्ने पारिश्रमिक तत्काल उपलव्ध गराउन पालिकालाई आदेश दिएपनि पालिकाले कानमा तेल हालेर बसेको हो । पालिका प्रमुख हिमालय त्रिपाठीले यो विषयमा आफुलाई थाहा नभएको भन्दै पन्छिएका छन् । प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले कुनै चासो नदिएको पाइएको हो ।
गाँउपालिकाले अदालतको आदेशलाई समेत लत्याउछ भने स्थानीय नागरिकलाई कसरी सम्बोधन गर्छ होला, सोझै अनुमान लगाउन सकिन्छ । अदालतको आदेशलाई लत्याउने गाँउपालिका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतले पालिकालाई कहाँ लैजान खोजेको हुन भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले कुनै चासो नदिएको पाइएको हो । स्रोतका अनुसार कर्मचारीले पाउनुपर्ने तलब लेखा अधिकृत नारायण राज त्रिपाठी, तथा कार्यालय प्रमुखले हिनामिना गरेको बुझिएको छ । अन्यथा कर्मचारीले पाउनु पर्ने तलब आएपनि किन दिइएको छैन । गाँउपालिकाले अदालतको आदेशलाई समेत लत्याउछ भने स्थानीय नागरिकलाई कसरी सम्बोधन गर्छ होला ? सोझै अनुमान लगाउन सकिन्छ ।
अदालतको आदेशलाई लत्याउने गाँउपालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले पालिकालाई कहाँ लैजान खोजेको हुन भन्दै स्थानीयबासी आक्रोशित बनेका छन । पछिल्लो पटक बढैयाताल गाँउपालिका भ्रष्टाचारको अखडा बन्दै गएको छ । लेखा अधिकृत नारायण राज त्रिपाठीले आफु निकटका व्यक्ति तथा सत्ता र शक्तिको आडमा प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर रकम बाँडफाँड गर्ने गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार