जुम्लाको तरकारी निर्यात
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १८:३०:५६
६ भदौ, खलङ्गा । जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ ।
कारितास जर्मन र कारितास नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजना सञ्चालनमा छ ।
यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही कृषि संकलन केन्द्रले स्थानीयस्तरमा उत्पादित संकलित कृषिजन्यवस्तु दैलेख, जुम्ला, कालीकोट र मुगु जिल्लासम्म ढुवानी भएको छ ।
कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार सात क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, नौ क्विन्टल दैलेख, सात क्विन्टल कालीकोट र तीन क्विन्टल स्थानीय रारालिही बजारमा गोलभेडा बिक्री गरिएको छ ।
यस्तै एकसय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार गरिएको छ । आलुखेती उत्पादन घट्दो क्रममा रहेकाले स्थानीय आलुको उत्पादन बढाउन आइपिएम विधिमार्फत आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ ।
उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुवै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए ।
पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधारशील कृषक समूहमा १६ हप्तासम्म सञ्चालन गरिएको हो । पाठशालाको अन्तमा उन्नत प्रविधिबाट छ क्विन्टल र परम्परागत प्रविधिमार्फत चार क्विटल आलु उत्पादन भएको हो । उन्नत प्रविधिबाट आलुको उत्पादनमा वृद्धि भएपछि कृषकले उन्नत प्रविधितर्फ अग्रसर भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार