सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १६:४६:२०
७ भदौ, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर उपहार योजना नोभेम्बर १, २०२२ देखि ६ महिनाको लागि सन्चालन भएको थियो ।
सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिट्यान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाईल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले ५००० नगद साउदी रियाल, तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एकजनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २ / २ / २ महिना गरी ६ महिनासम्म बिधुतीय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।
सोही योजना अनुरुप गत भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बीच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । राम गोपालपुर, महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई सो पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद बिगत ६ बर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा विशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नेपाली राजदुतावासका मिसन उपप्रमुख दीलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन , द्यबकझ द्य। ःबममब – टेलिमनी केन्द्र प्रमुख , ब्दमगभिबिज ब्। द्यष्ल त्धबबिज – सेल्स म्यानेजर , जीतेन्द्र थपलिया ( टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधिहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको हो ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक
पुष २५, २०८० बुधबार
डिजिटल रेमिट्यान्स प्रवद्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का युएई जाने
फागुन २, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार