‘राष्ट्रपति राजीनामा दिने मूडमा’
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बिहिबार ३:३०:५५
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने मूडमा रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार भएको छलफलमा उक्त जानकारी गराएका छन् ।
नागरिकता विधेयक विषयमा राष्ट्रपति तानिने भएपछि राजीनामा दिने मूड बनाएको हुनसक्ने बताइएको छ । प्रधाानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीसँगको छलफलमा उक्त विषय साझा गरेका छन् ।
सङ्घीय संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी सुझावसहित फर्काएकी थिइन् । प्रतिनिधि सभाले उक्त विधेयक पुनः पारित गरेपछि हाल राष्ट्रिय सभामा पुगेको छ ।
राष्ट्रिय सभाबाट पारित भई दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेपछि उक्त विधेयक प्रमाणीकरणको विकल्प रहने छैन् । त्यस अगाडि राष्ट्रपतिले राजीनामा गर्ने मूड बनाएको हुनसक्ने आँकलन गरिएको छ ।
राष्ट्रपति भण्डारीले बुधबार मात्रै आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकृतहरुको बैठक गरेकी छन् । जसमा पूर्व सुरक्षा अधिकारीहरु समेत सहभागी भएका छन् । स्रोतका अनुसार राष्ट्रपतिले सुरक्षाकर्मीलाई धन्यवाद दिएकी हुन् । तर राष्ट्रपति कार्यालयले उक्त विषयमा हालसम्म कुनै प्रकारको टिप्पणी गरेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार