सत्ता गठबन्धनभित्र सिट वितरणमा सकस, सिटौला संक्रमित भएपछि अनिश्चित बैठक आज बस्दै
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १३:११:५८
९ भदौ, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
बैठक विहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् । कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् ।
कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् । कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।
आगामी संघ र प्रदेशको निर्वाचनको लागि सिट वितरण निकै सकसको अवस्थामा छ। पटक पटक बस्दै निष्कर्षबिहीन बनेको सत्ता गठबन्धनको कार्यदल बैठकले सिट बाँडफाँटका आधार र मापदण्ड जटिल बन्दै गएको छ । यसले राष्ट्रिय राजनीतिमा लागेकाहरुको भविष्य पनि निर्धारण गर्ने भएकाले सिट बाँडफाँट असहज बनेको देखिएको छ।
११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो। त्यस्तै साउन २६ गते बसेको बैठकले शीर्ष नेतालाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्ने रणनीतिसहित आ–आफ्ना दलमा छलफल गरेर टुंगो लगाउने निर्णय गरेको थियो। त्यसयता कार्यदलमा निरन्तरजसो औपचारिक, अनौपचारिक छलफल हुँदै आएको छ।
कार्यदलमा संघ र प्रदेशको निर्वाचनमा ठूला नेताहरुको सिट सुरक्षित गर्ने रणनीतिसहित छलफल अगाडि बढाइएको छ, तर एउटै क्षेत्रमा दुई वा दुई भन्दा बढी बलिया दाबेदार हुँदा तालमेलमा नेताको व्यवस्थापन भने सहज देखिएको छैन। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुका निर्वाचन क्षेत्र एउटै पर्दा कार्यदलको बैठक सकारात्मक र नतिजा उन्मुख हुन सकेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार