प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहने
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १७:३५:२१
९ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको छ । निर्वाचन आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरुको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् । दर्ता लागि निवेदन दिएकोमध्ये ७५ दलको आफ्नै चुनाव चिह्न रहनेछन् । तर निवेदन दिदा चार वटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । आयोगले उक्त १२ दलको चार वटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको हो । जस बमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।
नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको एकल चुनाव चिह्न स्वीकृत भएको हो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको गोलाकारभित्र हसिया हथौडा चुनाव चिह्नबाटै स्पर्धा गर्ने सुनिश्चित भएको हो । नेपाल कम्युनिष्ट पार्टी(राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीको समेत एकल चुनाव चिह्न कायम गरिएको छ । सामाजिक एकता पार्टी, नेकपा(समाजवादी) र नेपाल दलित पार्टीले समेत तालमेल गर्ने निर्णय गर्दै एकल चुनाव चिह्न माग गरेकोमा आयोगले उक्त निवेदन स्वीकृत गरेको हो ।
नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाल पार्टी र नेपाल सुशासन पार्टीले तालमेल गरी नेपाल आमा पार्टीको चुनाव चिह्न कायम गरिदिन माग गरेको थियो । आयोगले उक्त दलहरुको बच्चा काखमा लिएकी आमा चुनाव चिह्न स्वीकृत गरेको हो । आयोगले मङ्सिर ४ गते हुने आम चुनावमा सहभागी हुन साउन २२ गतेदेखि ३१ गतेसम्म दर्ताका लागि राजनीतिक दलसँग निवेदन आह्वान गरेको थियो ।
आयोगको निर्वाचन कार्यतालिका बमोजिम दल दर्ता स्वीकृत भएपछि समानुपातिकतर्फ भाग लिन चाहने दलको दर्ता प्रकृया शुक्रबारदेखि सुरु हुँदैछ । दर्ता भएका दलले समानुपातिकतर्फको बन्द सूची असोज पहिलो साता बुझाउनुपर्नेछ । असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष)तर्फको उम्मेदवारी दर्ता हुनेछ ।
मधेश प्रदेशमा सबैभन्दा बढी दल भाग लिने
निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएकोमा प्रदेश सभातर्फ सबैभन्दा बढी मधेश प्रदेशमा ६७ दलले स्पर्धा गर्ने भएका छन् । दर्ता स्वीकृत भएको आधारमा वागमतीमा ६४ दल र प्रदेश नं १ मा ६० दल प्रदेश सभा चुनावमा भाग लिनेछन् । लुम्बिनिमा ६०, गण्डकीमा ५८, कर्णाली र सुदूरपश्चिममा समान ५६ दल भाग लिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार