नक्कली कागज पेस भएको भेटिएर आर्यन र केकीको नर्वेको भिसा रिजेक्ट
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १८:२२:५६
भाद्र ८, काठमाडौं । फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएर भिसा रिजेक्ट भएकाे छ ।
नर्वेमा फिल्म ‘तिम्रो नजर’ को छायांकनको लागि पेस गरीएको कागजमा नक्कलि हस्ताक्षर प्रयोग भएको भेटिकाे प्रहरीको जनाएकाे छ । नक्कलि हस्ताक्षर भेटिएपछि अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । साथै लेटरप्याड पनि नक्कलि भएको बुझिएको छ ।
भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।
शंका लागेपछि कलाकारसहितको भिसा आवेदन बारे दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि अनुमति नमागेको बताएको छ ।
नेपाल पर्यटन बोर्डको ३०९(२०७८र७९ पत्र नम्बरमा गत जुलाई २० मा १४ जना कलाकारका लागि भिसा आवेदन पेस भएको थियो । दूतावासले भिसा पनि रिजेक्ट गरेको छ ।
आर्यन र केकीले ‘तिम्रो नजर’ फिल्ममा काम गर्न लागेको हो वा होइन भन्ने विषयमा कुनै पनि जानकारी भने दिएका छैनन् । नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा फिल्मको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम रहेकाे जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार