भारी वर्षाले सडकको भल गाउँ पस्यो
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १९:१९:५०
९ भदौ, मलेखु । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।
चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अन्नपात र लत्ताकपडा पनि कामै नलाग्ने भएको उनीहरुले बताए ।
“बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन”, वडाध्यक्ष भण्डारीले भने, “थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ ।”
नीलकण्ठ–१२ कै आलडाँडाभन्दा माथिबाट सडकमा जम्मा हुँदै आएको भल ह्युमपाइपले नधानेपछि सडक र बारीका कान्ला भत्काउँदै बस्तीमा ओइरिएको स्थानीयवासीले बताएका छन् । लेदो, माटो, ढुङ्गासहितको भलले बिजुलीका खम्बामा पनि क्षति पुगेको छ ।
एउटा बिजुलीको खम्बा ढलेर सावित्री ढकालको घरको कर्सामा अड्किएको छ । उता नीलकण्ठ–१२ कै केउरेली खोल्सामा आएको भलले पारस लम्सालको गोठ भत्काएको छ । केही घरमा पनि पानी पसेको छ । आसपासका खेतमा लगाइएको धान नस्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार