छोटै समयमा प्रदिप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडीयो डीजी साप ?
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १७:४६:३१
१० भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ’क्यान’का महानिर्देशक प्रदीप अधिकारी विभिन्न परियोजनाको ‘प्रोजेक्ट म्यानेजर’ हुँदा जुटाएको मध्येको ठूलो धनराशी खर्चेर महानिर्देशक भएको प्रष्टीँदै आएको छ ।
छोटो समयमै ’क्यान’ अन्तर्गतका परियोजनाको आयोजना प्रमुख बनेर उनले करोडौं कमाएका थिए । यतिसम्म कि, अर्काको नाममा दर्ता गर्न लगाएर पनि उनले परियोजनाको कन्सल्टेन्ट कम्पनीसमेत आफैँले चलाएका छन् ।
पूखौंली घर लमजुड रहेका अधिकारी चितवनको चैनपूर बसोबास गर्दै आएका थिए । २०६४ मा सिभिल इन्जिनियरको रुपमा प्राधिकरणमा ७ औँ तहमा छिरेका उनी अहिले ११औँ तहमा छन् । सँगै, प्रवेश गरेकाहरु ९ औँ तहमै सिमित छन् । तर उनी आफूभन्दा बरिष्ठलाई पन्छाएर प्राधिकरणको महानिर्देशक बन्न सफल भएका छन् ।
विगतमा प्रत्येक परियोजनामा फरक–फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा अधिकारीले आर्थिक प्रभावमा पारेर तत्कालिन प्राधिकरण महानिर्देशक सन्जिव गौतम महानिर्देशक भएपछि पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनामा प्रमुख बनेर आर्थिक रुपमा दाँई खेल्ने कसरत सुरु गरेका हुन् ।
३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कोतिर कार्यालयको ’सिभिल चिफ’ बनेर उनले गर्नुसम्मको आर्थिक घोटला गरेको बताइन्छ ।
स्रोतका अनुसार अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध परेका आर्थिक अनियमितताका उजुरी उपर गोप्य ढंगबाट छानविन भइरहेको छ भने सम्पत्ति सुद्धीकरण विभागले पनि प्राप्त उजुरी उपर आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ ।
लुकाएको धन त लुकाएकै भयो, देखाएकै अर्थात अनियमितरुपमा जोडेको धनले छोटै समयमा ललितपुर महानगर पालिका १५ खुमलटारस्थित खुमलटार हाईट मार्ग पूर्वमा विशाल महल खडा गरेका छन् । आधुनिक मात्र नभएर आलिसान घर नम्बर २८४ को निर्माणमा लागेको खर्चले पनि प्रदिप अधिकारीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउने गरेको छ ।
महानिर्देशक अधिकारी अवस्था अनुसार सम्वन्ध गाँस्न खप्पिस छन् । उनले गोरु बेचेको समेत साइनो नपर्ने तर आफूलाई महानिर्देशक बनाएर गुण लगाउने तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई सार्वजनिक रुपमै ’दाई’ सम्वोधन गर्थे । अधिकारीले आलेसँग मात्रै होईन, यसअघिका ३ जना पर्यटन मन्त्रीसँग पनि यस्तै खालको सम्बन्ध बनाएर ‘प्यारो’ बन्दै मालदार परियोजनाहरु आफ्नो ‘कमाण्ड’मा राख्ने गरेको उनलाई बुझ्नेहरु बताउँछन् । स्वर्गीय रवीन्द्र अधिकारी, त्यसपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराई र भानुभक्त ढकालदेखि पछिल्लो समय प्रेम आले र हालका पर्यटमन्त्री जीवनराम श्रेष्ठ सम्मलाई उनले ‘आफ्नो’ बनाईसकेका छन् ।
यतिसम्म की, खुमलटार, बालुवाटार, कोटेश्वर, तत्कालिन पर्यटनमन्त्री प्रेम आले र पर्यटन सचिव महेश्वर न्यौपाने साउन १६ गते रिटायर्डलाई गरी मोटो रकम भेटि चढाएर आफूभन्दा वरिष्ठलाई पन्छ्याउँदै प्रदीप अधिकारी महानिर्देशक बनेको चर्चा आज पनि प्राधिकरण भित्र चल्ने गर्छ ।
प्रशासनिक तर्फका सिनियर १२ औं तरहका आधा दर्जन व्यक्तिहरु भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर लाई पन्छाएर ११ औं तहका प्राविधिक सिभिल इन्जीनियर के कसरी महानिर्देशक बनाइए ? आफैँमा उदाहरण बनेका प्रदिप अधिकारी नै जवाफविहीन छन् । तर, उनी आफैँ अब ८ वर्ष आफू क्यानको महानिर्देशक बन्ने ठोकुवा गर्दै हिँड्ने गर्नुले उनको मिलीभगत को–कोसँग होला ? कल्पना मात्र गरौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार