जुम्लामा एक हजार नौ सय २९ मतदाता थपिए
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १९:६:५२
१० भदौ, जुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुम्ला जुटेको छ । गत बैशाख ३ मा स्थानीय तहको निर्वाचन सकिएपछि गत असार १ गतेबाट मतदाता नामावली संकलन तथा अद्यावधिकको कार्य कार्यालयले अगाडि बढाएको थियो । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले तयारीमा जुटेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।
निर्वाचन सामग्री जाँचको साथै आयोगलाई विवरण पठाउनेलगायतको तयारीको काम भइरहेको छ । निर्वाचन कार्यालयले एक महिनासम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न कार्यालय लागि परेको थियो । एक संघीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा सो कार्यालयले यही भदौ १२ गतेदेखि १९ गतेसम्म एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ ।
सो कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन भदौ १२ गते, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख ना दर्ता अधिकारीको कार्यालय र मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न प्रमुख नाम दर्ता अधिकारीमार्फत भदौ १३ देखि १५ गतेसम्म निवेदन दिन सकिने छ । १६ देखि १८ गतेसम्म बसाई सरी अन्यत्र गएमा वा मुत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने । झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने निर्वाचन कार्यालयले जनाइएको छ ।
जिल्लामा एक कार्यक्रम गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाता नामावली अद्यावधिक दाबी विरोध अन्तक्र्रियासमेत गरेको थियो । जिल्लास्थित राजनीतिक दल, विषयगत कार्यालयका प्रमुख, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा सरोकारवाला व्यक्तिको सहभागी रहेको थियो ।
एक हजार नौ सय २९ मतदाता थपिए
निर्वाचनका लागि जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएका छन् । आयोगले असारबाट सुरु गरेको मतदाता नामावली संकलनअन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिञ्जा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिए । गत स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार सात सय ४४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार