आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार २३:४६:४८
१० भदौ, चितवन । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज यहाँ उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताए ।
अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, “अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।” अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।
देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँगाउँमा उद्योग र व्यवसाय संचालन हुन जरुरी रहेको उनले बताए । उनले भने, “श्रमयोग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ ।” उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उहाँले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको बताए । निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताए । उनले भने, “विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन । अझै फैलिने क्रम जारी छ । यसको असर नेपालमा पनि परेको छ ।” आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उनको भनाइ थियो । उनले भने, “हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबीको अन्त्य हुन्छ ।”
फरक प्रसंगमा बोल्दै उनले अहिलेको गठबन्धन देशको र राजनैतिक बाध्यताले बनेको बताए । अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले भने, “गठबन्धनले सहकार्य गरेर अघि बढ्नुपर्छ । गठबन्धनलाई निश्चित समय दिए राजनैतिक स्थायित्व र विकासमा सहयोग पुग्छ ।” अहिले दलबीच गठबन्धनलाई सफल पार्नेगरी छलफल भइरहेको उनले बताए ।
महासंघका जिल्ला अध्यक्ष दयाराम दवाडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा किशोर वगाले, विश्वमित्र श्रेष्ठ, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री, सह–सचिवमा दिनेश सेढाईं र सहकोषाध्यक्षमा केदारबहादुर कार्की रहको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार