भावी प्रधानमन्त्रीमा ओलीलाई अघि सार्ने एमालेको निर्णय
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार १३:२६:२४
१२ भदौ, काठमाडौं । एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।
‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भनेको खबर आजको अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन् ।
ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बनेका थिए। आलोपालोको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी नौ महिनामा पदमुक्त भएका थिए। दोस्रो पटक ३ फागुन २०७४ मा पनि प्रधानमन्त्री बनेका थिए। त्यति बेला माओवादी केन्द्रसँगको वाम गठबन्धनले झन्डै दुईतिहाइ मत पाएको थियो।
प्रतिनिधिसभा विघटन गरेका थिए। उक्त निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको २८ असार २०७८ को परमादेशपछि ओली सत्ताबाट हटेका थिए। त्यसपछि एमालेबाट माधवकुमार नेपाल पक्ष पार्टीबाट अलग भएको थियो। अन्नपूर्ण पोष्टबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार