कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा, भाेली नयाँ मन्त्रीहरु नियुक्त हुने
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २१:५७:३८
♦ हेमन्त केसी
सुर्खेत , १२ भदौ । कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
नेकपा ‘माओवादी केन्द्र’संसदीय दलले उनीहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् । राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् ।
माओवादी संसदीय दलको बैठकले सरकारमा सहभागी विष्ट र सिंहलाई फिर्ता बोलाएर रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको थियो। ‘पार्टीको निर्णय अनुसार राजीनामा दिएका हौं,’ विष्टले भने, ‘नयाँ साथीहरुले सरकार सञ्चालन गर्नुहुन्छ, हामीले पार्टी सञ्चालनमा ध्यान दिन्छौं।’
कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन्। उपसभामुख रहेकी पुष्ण घर्तीमगरबाहेक कामी र आचार्यले शपथ खाएपछि सबैजना मन्त्री बन्नेछन्। यो अवधिमा माओवादीले छ महिनाका लागि गैरसांसद हुम्लाका कार्चेन लामालाई पनि मन्त्री बनाइसकेको छ।
विष्ट २०७८ मंसिर १४ गते मन्त्री नियुक्त भएका थिए भने सिंह माघ २३ गते मन्त्री नियुक्त भएका थिए। माओवादीले नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ। सोमबार नयाँ मन्त्रीहरु नियुक्त हुने र भाेली नै पद तथा गोपनीयताको शपथ खुवाइने बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार