नेपाली जनसम्पर्क समिति आएरलेण्डद्वारा मनसरालाई ६३ हजार बढि नगद अर्थिक सहयोग
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १६:३४:३५
१५ भदौं, काठमाडाैं । अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा न । ३ ठाटिकि मनसरा आउजीलाई नेपाली जनसम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।
मनसराको पारिवारिक समस्याको भिडियो सामाजिक संजालमा पोष्ट भएपछि उनको पिडा सहन नसकि नेपाली जनसम्पर्क समितिले सहयोग गरेको हो ।
समितिका सभापति अंकित वलिको पहल तथा समितिका सहमहामन्त्री तथा आर्थिक संकलन समिति संयोजक लोकेश धामीको संयोजकत्वमा आएरलेण्डमा रहेका नेपाली दाजुभाइबाट अर्थिक संकलन गरि ६३ हजार १ सय ४५ रुपैया नगद सहयोग गरिएको छ ।
मेल्लेख गाउपालिकाको कार्यालयमा बोलाइ मनसरा लाइ नगद हस्तान्तरण गरेपछि केहि समस्या समाधान हुने भन्दै अफु खुसि भएको उनले बताईन।
सहयोग रकम मेल्लेख गाउपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले हस्तान्तरण गरे । हस्तान्तरण पछि बोल्दै उपाध्यक्ष खडकाले नेपाली जनसम्पर्क समिति तथा अंकित वलिको पहलकदमि प्रति धन्यवाद दिएका छन यसरी नै अरुले पनि सहयोग गर्न अनुरोध गरेका छन ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा न। का वडा अध्यक्ष प्रकाश अधिकारी, मेल्लेखका इन्जिनियर खडक धामी, नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य गोकुल भाट, सुदूरपश्चिम प्रदेश प्रतिनिधि तथा नेविसंघ पोखरा बिश्वबिद्यालय समन्वय समिति सभापति सुशील कुँवर लगायतको सहभागिता रहेको थियो ।
मनसराको ५ जनाएको परिवार छ । गाँस बास कपास केहि छैन भारत मा बस्दा बस्दै श्रीमान गुमापछि कमाउने कोहि छैनन् छाराछोरि बिचल्लीमा छन । अहिले मेल्लेख वडा न . ३ ठाटि मा समिति गठन गरि बस्ने घर निर्माण गरिरहेका छन ।
यसै गरि पाएको सहयोगले उनले छोराछोरी पालिरहेकि छन् । मेल्लेख गाउँपालिकाले पनि शैक्षिक सामग्री सहयोग गरेको थियो । थप सहयोगका लागि पहल भैइरहेको पालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार