बयान दिन सिंहदरबार पुगे चोलेन्द्र शम्शेर जबरा
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १७:२७:४८
१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ ।
जबरालाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
समितिले जबरासँग बयान लिनु अघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै गत् साता ३४ वटा प्रमाण बुझाइसकेको छ । महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको सूची तयार भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार