चलचित्र परिवारको अमेरिकामा प्रिमियर शो
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १७:४१:१८
१५ भदौ, काठमाडौं । अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ । अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो चलचित्रलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । चलचित्रको प्रिमियर शो पनि आईतबार बेलुका केन्टकी स्थित ल्याक्सिनटन सिटीमा गरिएको छ ।
सम्राट क्रियसनको आयोजना तथा सम्राट कियसनका अध्यक्ष सम्राट दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै चलचित्र निर्देशक सुमन दाहालले भने,‘मैले जानेको कुरा भनेकै चलचित्र कर्म भएकाले अमेरिकामा रहेर पनि विभिन्न चलचित्र निर्माण गर्दै आएको छ ।
मुलत बिदेशमा बसेका नेपालीहरुको परिवारको एकताका लागि चलचित्र परिवार निर्माण गरेको हुँ ।’ प्रिमियर शोमा सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफु उत्साहित भएको उनले बताए । यो चलचित्रलाई अब विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सबमा प्रदर्शनी गरिने पनि निर्देशक दाहालले जानकारी गराएका छन् ।
एनआरएनले आईसिसी अमोरिका रिजनका डेब्युटी रिजनल कोअर्डिनेटर पुरूषोत्तम बोहोराको विशिष्ट अतिथ्यतामा सम्पन्न लघु चलचित्र परिवारको प्रिमियर शोमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रीय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्का अध्यक्ष थिरलाल अर्याल स्थानीय सामाजिक संस्थाका पूर्व नेत्रित्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मंच अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकरीले यो चलचित्र हेरेपछि फिल्म परिवारले परिवारमा एकता र सुख शान्तिको सन्देश दिएको बताए ।
प्रिमियर शोमा चलचित्रको परिवारको बारेमा चलचित्रकर्मी प्रकाश शर्मा, संगीतकर्मी चुडामणी अवस्थी, लोक गायिका नर्मदा खरेल, सम्झना अधिकारीले पनि अमेरिकामा बसेर पनि सुमनले निमै राम्रो नेपाली चलचित्र निर्माण गरेको प्रतिक्रिया दिए । इश्वर प्रवासीले कथा लेखेको यो चलचित्रको पटकथा, सम्वाद रवी अर्यालले तयार गरेका हुन् । जसमा अँग्रेज सब टाइटल सरोज प्याकुरेलको छ ।
यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रंग संयोजन, ऐलिस कार्कीको पाश्व संगीत, मुकेश शाहको मिक्सिङ, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्रमा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रबी कोईराला, सन्दिप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका रहेको छ ।
चन्दा दंगालले निर्माण गरेको यो चलचित्रको सह निर्माता डि डि कौशिक हुन् । चलचित्रलाई सुमन दाहालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण सहयोगीमा पुर्ण गौतम(इरिन इन्स्योरेन्स), मेलिस ज्वेलर्स रहेको चलचित्रको प्रिमियर शोमा जानकारी गराईयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार