आर्थिक चलखेलको आरोपमा जिल्ला न्यायाधीश अधिकारी बर्खास्त
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २२:२८:१३
१५ भदौ, काठमाडौं । आर्थिक लेनदेनबाट न्याय सम्पादन गरेको अभियोग लागेका जिल्ला न्यायाधीश श्यामशुन्दर अधिकारी बर्खास्तीमा परेका छन् । बुधबार बसेको न्यायपरिषदको बैठकले जिल्ला न्यायाधीश अधिकारीलाई बर्खास्त गरेको छ ।
न्यायपरिषद् बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका छन् । अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेन विवादमा परेका थिए । उनीबिरुद्ध आर्थिक चलखेल गरी न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो ।
उजुरीपछि उनलाई न्याय परिषदले सर्वोच्च अदालतमा झिकाएको थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि लागेको छ ।
उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन । आरोपपछि पनि अधिकारी कालीकोट र बाँकेमा जिल्लामा सरुवा भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार