उपत्यकाका १८ पालिकाका प्रमुख किन पुगे मध्यपुर थिमि नगरपालिका ?
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बिहिबार ३:३७:५२
१५ भदौ, भक्तपुर। फोहरमैला व्यवस्थापन गर्न काठमाडौँ उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको आह्वानमा आज मध्यपुरथिमिको फोहोर सङ्कलन गरी जापानिज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्राङ्गारिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरूले अवलोकन भ्रमण गर्नुभएको छ ।
उपत्यकाका फोहोरलाई व्यवस्थापन गर्न साझा अवधारणा बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वरका नगरप्रमुख दीपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतका उपत्यकाका नगर प्रमुखहरूले फोहोरबाट मल उत्पादनबारे स्थलगत अबलोकन गरी जानकारी लिएको मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिए ।
अवलोकनपछि नगर प्रमुखहरूले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्नसक्ने गरी विकल्प खोजी गर्ने क्रममा मध्यपुर थिमि आएको उनले बताए ।
मध्यपुर थिमिमा चार वर्षअघि तत्कालीन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जापान भ्रमण गरी जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राविधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गरेका थिए । मध्यपुर थिमि वडा नं ४ र ५ बाट फोहोर सङ्कलन गरी मल बनाउँदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न भने सकिएको छैन । यो प्रविधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रुपमा सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार