सर्वसाधारणलाई रोक्ने प्रहरी आफैँ भारतको फरेनिया बजार पुगेपछि…
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १८:४५:५९
♦ मोहम्मद हबिब
२० भदौ, भैरहवा । रुपन्देहीको सीमा भारतको फरेनिया बजारमा लाग्ने हाटमा जान प्रहरीले नेपालीलाई रोके पनि प्रहरीहरू आफै भने जान छाडेका छैनन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक महिनादेखि नेपालीलाई उक्त बजार भर्न जाने रोके पनि प्रहरीहरू भने गाडीसहित सामान लिन जाने गरेका छन् ।
कोभिड, सुरक्षा चुनौती र राजश्व चुहावट रोक्न प्रशासनले सीमामा कडाई गर्दै आएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजश्व चुहावट नियन्त्रण समितिको बैठकले पनि बजार जान रोक लगाउने निर्णयलाई निरन्तरता दिएको थियो ।
बैठकले चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरूले भारतीय सीमा नाकाबाट हुनसक्ने चोरी पैठारीको उच्चजोखिम रहेका स्थानहरूमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गर्ने निर्णय गरेको थियो ।
भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाउँदै आएको छ । मुख्य मार्गमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार भर्न जाने सर्वसाधारणलाई सम्झाईबुझाई फर्काउने गरेपछि अधिकांश नेपाली उपभोक्ता भातरको बजारमा जान छाडेका छन् । तर, कतिपयले भने खुला सीमाको फाइदा उठाउँदै खेत बारीको बाटो हुँदै जाने गरेका छन् । सर्वसाधारणलाई यस्तो कडाई गरेको सुरक्षा निकाय आफै भने गाडीसहित बजार जानुले प्रहरीको आलोचना भइरहेको छ ।
प्रजिअको निर्देशनलाई उल्लघन गर्दै नेपाल प्रहरीले बजारमै गाडीसहित बजार भर्न गएको छ । निलो रंगको सुरक्षाकर्मीको गाडीमा बजारका सामान लोड गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । नेपाल प्रहरीका एक सुरक्षाकर्मी गाडी नजिकै छन् भने गाडीमा एक जनाले समान लोड गर्दै गरेका छन्, लोड गर्ने व्यक्ति प्रहरी हुन वा गैरप्रहरी त्यो भने खुलेको छैन ।
सुरक्षाकर्मीले उपभोग गर्ने वस्तुको बिल भरपाईसहित फर्छौट हुने गर्छ । तर, यो बजारमा खरिद भएको वस्तुको न त बिल हुन्छ, बिल भए पनि भारतिय बिलको भरपाई सम्बन्धित निकायमा हुँदैन । नेपाल प्रहरीले यस बिषयमा बुझेर मात्रै प्रतिक्रिया दिने जनाएको छ । गाडी कुन युनिटको हो यसबारे प्रहरीले खोल्न चाहेन ।
बजार बन्द गर्नुपर्छ भनेर नेपाली उद्योगी व्यवसायीहरूले पनि आवाज उठाउँदै आएका छन् । व्यपारीहररूले यही बजारको बाटो भएर तस्करी पनि मौलाएको आरोप लगााउँदै आएका छन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै
मंसिर १७, २०८१ सोमबार
लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक शहरका रूपमा विकास गरिँदै
मंसिर १७, २०८१ सोमबार
कोइलाखानीबाट कोइला निकाल्दै श्रमिक
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार