केन्या विरुद्धको एकदिवसीय श्रृखंला ‘क्लिन स्विप’
नेपालबहस संवाददाता
भदौ २०, २०७९ मंगलबार ३:१८:२७
२० भदौ, काठमाडौं। केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले ‘क्लिन स्विप’ गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो ।
जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ रनको योगदान दिए भने आसिफले ५६ रन जोडे ।
यसैगरी बसिर ५२ रनमा अविजित रहँदा कप्तान रोहित पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए । केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको योगदान दिएका थिए । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए । नेपालका सोमपाल कामी र आदील अन्सारीले समान २र२ विकेट लिए भने बसिर अहमद र शाहब आलमले समान १र१ विकेट लिए । उक्त सिरिजअन्तर्गत पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।
यस जितसँगै नेपालले केन्याविरुद्धको दुवै सिरिज आफ्नो पक्षमा पारेको छ । नेपालले यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार