४०१ मतदानस्थल हटाइयो, दश हजार ८८८ कायम
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १६:५१:३४
२१ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८८८ मतदानस्थल कायम गरेको छ । स्थानीय चुनावको भन्दा आगामी चुनावमा १३२ मतदानस्थल थपिएका छन् ।
आयोगका अनुसार आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभरि ४०१ मतदानस्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ । स्थानीय चुनावमा दश हजार ७५६ मतदानस्थल रहेका थिए । मतदानकेन्द्रको सङ्ख्या भने २१ हजार ९४५ थियो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानस्थल थपिँदा सोही अनुपातमा मतदान केन्द्रसमेत थपिने बताए । तर मतदाताको अन्तिम नामावली टुङ्गो नलागेसम्म मतदानकेन्द्रको सङ्ख्या यकिन नहुने उनले भने । मतदाताको अन्तिम नामावली भदौ ३१ गते प्रकाशन हुनेछ ।
सहायक प्रवक्ता अर्यालले जिल्लास्थित मतदानस्थल पुनरवलोकन समितिले गरेको सिफारिसको आधारमा मतदानस्थल तय गरिएको जानकारी दिए । आयोगले साउन १ गतेदेखि मतदानस्थल पुनरवलोकनको गृहकार्य सुरु गरेको थियो । स्थानीय चुनावमा मन्दिरमै मतदानकेन्द्र भएको, हिमाली भेगमा आठ घण्टा पैदल हिंडेर मतदान गर्न पुग्नुपरेकोलगायतका समस्या सार्वजनिक भएपछि आयोगले मतदानस्थलको त्रुटि सच्याउने प्रकृया सुरु गरेको थियो ।
स्थानीय चुनावमा साबिकमा गाविस भवन रहेको स्थलमा मतदानकेन्द्र तोकिएको थियो । तर पाँच वर्षपछि भएको चुनावमा समेत आयोगले सोही मतदान स्थल र मतदान केन्द्रलाई निरन्तरता दियो । जसले गर्दा साबिकको गाविस भवन जिर्ण भई वा भत्किन गई मतदान केन्द्र पूर्वाधारविहीन बनेको थियो ।मतदाताले खुला आकाशमुनि मतदान गर्नुपर्ने बाध्यता हटाउन आयोगले अन्तिम समयमा बजेट व्यवस्थापन गरी टेण्ट लगाएर मतदान केन्द्र तयार गर्यो ।
आयोगका अनुसार एक हजार १२३ मतदानस्थलको त्रुटि सच्याइएको छ । ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदानस्थल निर्धारण गरिएको छ । १६३ मतदान स्थलका सबै मतदातालाई स्थानान्तरण गरी १६९ मतदान स्थल कायम गरिएको र १५ मतदानस्थलका आशिंक मतदातालाई स्थानान्तरण गरी १३ वटा स्थल गाभिएको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार