गाई संरक्षणकाे लागी काफलडाँडामा गौशाला
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १९:१८:५४
२१ भदौ, वालिङ । स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर संचालन गरेको हो ।
शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताए ।
शर्माका अनुसार वालिङ नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु पाँच लाख ५० हजार, वडा कार्यालयअन्तर्गत सोही शीर्षकबाट रु दुई लाख र नगरस्तरीय योजनाबाट रु पाँच लाख गरी कूल रु १२ लाख ५० हजार प्राप्त भएको र बाँकी रु दुई लाख सरसापटीबाट निर्माण गरिएको हो ।
गाई पछिल्लो समय जथाभावी छोडिदिँदा बालीनाली खाइदिने, सडकमा हुलका हुल हुँदा दुर्घटना हुनसक्ने भएकाले त्यसको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको हो । “पहिला गौशाला निर्माण गरिएको ठाउँ आवतजावतका लागि अपायक, प्रशस्त चरन नहुनु, आवश्यक पर्ने दानापानी पुर्याउन समस्या भएको थियो”, उनले भने, “काफलडाँडामा यातायातको सहजता, मानिसको आवतजावत धेरै हुने हुँदा गाईको रेखदेख र संरक्षण, प्रशस्त चरन क्षेत्र हुनुका साथै शिवालय धुनीको गुठीमा गौशाला निर्माणका लागि जग्गा प्राप्त भएकाले स्थानान्तरण गरेका हौँ ।”
गौशालामा हाल सानाठूला गरी ८७ गाई तथा बाच्छाबाच्छी रहेका छन् । गौशालामा आवश्यक भौतिक संरचना केही निर्माण भएका र बाँकी थप गर्दै लगिने धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमका अध्यक्ष ढालप्रसाद पौडेलले बताए।
वालिङ नगरपालिकाको सहयोगमा निर्माण गरिएको गौशालाको रेखदेख तथा संरक्षण कार्य समितिमार्फत गरिएको छ । “गाईका लागि आवश्यकपर्ने प्रशस्त दानापानी तथा घाँस काटेर खुवाउन सकिने अवस्था छैन”, उनले भने, “गाई हेरालुकारुपमा दुई जनालाई पारिश्रमिक दिएर राखिएको र उनीहरुले गाई दैनिक फुकाएर चराउने गर्दै आएका छन् ।”
यस ठाउँमा सुरुआती चरण भएकाले पनि सबै व्यवस्थापन नभइसकेकाले क्रमशः पराल, खर, दानापानी तथा भण्डारणको व्यवस्थातिर जोड दिँदै जाने उनले बताए । गौशालामा गाईको मलमूत्र छुट्टाछुट्टै संकलन गरी बिक्री गरी आम्दानीमा राख्ने निर्णय समितिले गरेको छ ।
वालिङ बजार तथा आसपासका क्षेत्रमा छाडा छोडिएका पशु चौपायाका कारण स्थानीयको बालीनालीमा नोक्सानी भएको गुनासो अत्यधिक आउन थालेकाले गाई संरक्षणका लागि दीर्घकालीन योजनाका रुपमा गौशाला निर्माण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार