गाईजात्रामा देखाइएका नाचमध्ये ख्याल प्याखंबाट ख्वप कलेज प्रथम
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १८:१:४९
२२ भदौ, भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरिएका नाचका विभिन्न विधामध्ये ख्याल प्याखं (प्रहसन) तर्फ ख्वप मावि देकोचा भक्तपुर प्रथम भएको छ । २९ साउनदेखि २ भदौसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा ख्वप प्रथम भएको नतिजा नगरपालिकाले सार्वजनिक गरेको हो ।
प्रतियोगिताअन्तर्गत उत्कृष्ट महिला कलाकारतर्फ पनि ख्वप कलेजकै पलिस्था रञ्जितकार प्रथम भएकी छन् । भविष्य नाटकबाट पलिस्था आधुनिकतर्फ उत्कृष्ट महिला कलाकार घोषित भएकी हुन् । सोही नटकका निर्देशकद्वय श्यासुन्दर शिल्पकार र राजेन्द्र श्रेष्ठ उत्कृष्ट निर्देशक घोषित भए ।
परम्परागत नाचहरूलाई प्रवर्द्धन गर्न भनी नगरपालिकाले जात्राको क्रममा प्रदर्शन हुने विभिन्न नाचका विधाहरूको मूल्यांकन गरी प्रत्येक वर्ष पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । जात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा यहाँं टोलटोलबाट सांस्कृतिक प्रदर्शन हुने गर्दै आएको छ ।
नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधाहरूलाई नगद पुरस्कार वितरण गर्दै आएको छ ।
गाईजात्राका क्रममा यहाँं दुई दर्जन विधाका सयौं प्याखं (नाच) पनि देखाइन्छ । यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन् । साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छ । साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छ । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँंदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार