ग्रामीण क्षेत्रमा महिलाले लिएको ऋणमा पुरुषको हालिमुहालि
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २०:५२:७
२२ भदौ, स्याङ्जा । मुक्तिनाथ विकास बैंक कार्कीनेटा शाखाको आयोजनमा पर्वतको थापाथानामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शाखा अन्र्तगत गठित महिला समूहको सहभागितामा फलेबास नगरपालिका २ थापाथानामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
वित्तीय साक्षरता कार्यक्रममा बोल्दै फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले लघुवित्त कार्यक्रम मार्फत गरिएका लगानीले महिलाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताए । नेपालमा पछिल्लो समय बैंकबाट ऋण लिदा उत्पादन मुलक शिर्षक देखाएपनि अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या बढेको नगर प्रमुख तिवारीले बताए ।
कार्यक्रममा फलेबास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले महिलाहरुले समूह मार्फत लिएको ऋणमा स्वरोजगार मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरिन् । उनले महिलाले लिएको ऋणमा पुरुषको हालिमुहालि हुनु ग्रामीण क्षेत्रको ठूलो समस्या रहेको बताईन् ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय तथा उपक्षेत्रिय कार्यालय समन्वय प्रमुख बाबुराम ढकालले बैंकसँग कबुल गरेको शर्तनामा अनुसारका क्षेत्रमा लगानी गरे प्रतिफल सुनिश्चित रहेको बताए । लद्युवित्त मार्फत भएका लगानी शर्तनामा भन्दा अन्यत्रै लगानी गर्दा समस्या सृजना भएको उनले जिकिर गरे ।
साक्षरता कार्यक्रममा सहभागि महिला सदस्यहरुले लघुवित्त मार्फत बैंकले चर्को ब्याज उठाएको गुनासो सुन्दै प्रमुख ढकालले लद्युवित्त संचालनमा रहेका दक्षिण एसियाका देशमध्ये नेपालमा सबै भन्दा सस्तो ब्याजदरमा लगानी भएको बताए । ऋण लिदा आयआर्जनका लागि भनेर लिएपनि अन्यत्रै खर्च गर्ने गलत परम्पराको विकास भएकोमा उनले चिन्ता व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंक उपक्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले, अनुगमन प्रमुख बालकृष्ण रेग्मीले लामो समयदेखि बैंकले महिलाहरुको आर्थिक विकासमा ठूलो मात्रामा ऋण लगानी गरेको बताए । ऋण लिएर शर्त अनुसारको क्षेत्रमा लगानी गरेर स्वरोजगार बनेका महिलाहरुले आर्थिक विकासमा फड्को मारेको उनहिरुले दाबी गरे ।
त्यस अवसरमा मुक्तिनाथ कृषि कम्पनीका विवेक कार्कीले कृषि क्षेत्रको समुचित विकास विना नेपाली समाजको विकास नहुने बताए । उनले कृषिमा यान्त्रिकीकरण विना अपेक्षाकृत लाभ हासिल गर्न नसकिने भएकाले कम्पनीले कृषकलाई कृषिजन्य यन्त्रहरु उपलब्ध गराएको बताए ।
कार्कीनेटा शाखा सेवा क्षेत्रका झण्डै २ हजार ४ सय महिलाहरु समूहमा आबद्ध रहेको बैंकले जनाएको छ । समूह मार्फत महिलाहरुलाई बैंकले करिब १७ करोड लगानी गरेको छ । बैंकबाट ऋण लिएका महिलाहरु आयआर्जन अब्बल बन्दै गएको बैंकले जनाएको छ ।
वित्तीय साक्षरताका अवसरमा उत्कृष्ट महिला समूहलाई सम्मान गरिएको थियो । साक्षरता कार्यक्रममा सहभागि महिला समूह सदस्य कमलाकुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका कार्कीनेटा शाखाका विवेक सापकोटाल संचालन तथा शाखा प्रमुख सागर रिजालले स्वागत एवं डेक्स प्रमुख मिनबहादुर घर्तीले शाखाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार