प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गोल्ड्स जिममा विशेष छुट
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २३:१६:३२
२२ भदौ, काठमाडौं । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाताखोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियन्ड फिट प्राइभेट लिमिटेड ( गोल्ड्स जिम) संग सम्झौता गरेको हो ।
उक्त छूट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले (डिम्याट खातावाला) गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा छूट पाउने प्रभु क्यापिटलले जनाएको छ।
यो योजनाबाट लाभ लिन हितग्राहीले BILL Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। यो अफरको लाभ क्यापिटलका हितग्राहीग्राहकले छूट समझौताको मितिदेखि तीनमहिनासम्म लिन सक्न प्रभु क्यापिटलले जनाएकाे छ ।
अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मासेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ । विश्वभरका सेलिब्रेटीहरू, एथलीटसहरू, बडीबिल्डरहरू, सैनिक लगायत फिटनेस मन पराउनेहरुको यो मनपर्ने जिम बनेको छ।
नेपालमा समेत भैंसेपाटी कम्पलेक्स (दोस्रो तल्ला), एकान्त कुना–टीकाभैरव रोडमा रहेको यसको फ्रेन्चाईजमा अत्याधुनिक उपकरणहरुबाट व्यक्तिगत प्रशिक्षण,सामूिहक व्यायाम, कार्डियो, स्पिनिङ र योग लगायत सबै नवीनतम सेवाहरू प्रदान गरिने जनाईएको छ ।
नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५हजार माथि हितग्राहीग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको बैंकले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार