मुक्तिनाथ बैंकको स्याङ्जामा महिला भेला सम्पन्न
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बिहिबार ०:१३:४२
२२ भदौ, स्याङ्जा । मुक्तिनाथ विकास बैंक स्याङ्जाले पुतलीबजार शाखामा आबद्ध महिला प्रतिनिधिहरुको भेला सम्पन्न गरेको छ । लघुवित्त शाखा मार्फत कर्जा लिएर स्वरोजगारमा आबद्ध महिला प्रतिनिधिहरुको एक दिने भेला जिल्ला सदरमुकाममा सम्पन्न गरेको हो ।
महिला भेलालाई सम्बोधन गदै मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले महिला विनाको समाज परिकल्पना गर्न नसकिए जस्तै महिलाको आर्थिक सबलता विनाको समाज परिकल्पना गर्न नसकिने बताए । महिलाको आर्थिक सबलता अहिलेको प्रमुख आवश्यकता भएको ढकालको भनाई थियो ।
महिलाका नाउँमा उद्योग दर्ता गर्ने र ऋण लिने क्रम बढेपनि अपेक्षाकृत रुपमा महिलाको आर्थिक विकास नभएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले आर्थिक रुपमा महिलाको विकास भए मात्रै परिवार खुशि र सुशी हुने बताए । महिलाको आर्थिक सम्बृद्धि विना परिवार र समाजको सम्बृद्धि नहुने अध्यक्ष ढकालको जोड थियो ।
नेपालको आर्थिक विकासमा दिगोपन ल्याउन बैंककै अगुवाईमा कृषि क्षेत्रमा काम गरेको बताउँदै अध्यक्ष ढकालले कृषिको गुणस्तरीय उत्पादन र निर्यातमुखी उत्पादनलाई जोड दिन आग्रह गरे । कृषि उत्पादनमा आधुनिकीरण नहुँदासम्म निर्यातजन्य र गुणस्तरीय उत्पादन हुन नसक्ने अध्यक्ष ढकालको जिकिर थियो ।
बैंकका संचालक तथा उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरुषको तुलनामा महिलाहरुमा बचत गर्ने बानी राम्रो भएको कुरामा जोड दिदै आम्दानी गर्ने समयमा बचत गर्ने बानी बसाले बृद्धबृद्धा हुँदा बचत काम लाग्ने कुरा सुनाए । कमाएर भन्दापनि बचत गर्ने बानीको विकास गर्न सके आर्थिक विकासमा टेवा पु¥याउने उनको भनाई थियो ।
भेलामा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय तथा उपक्षेत्रिय कार्यालय समन्वय प्रमुख बाबुराम ढकाल, आँधीखोला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नबिन ढकालले लद्युवित्त मार्फत लिएका कर्जाको सहि सदुपयोग भएमा आयआर्जनमा कुनै समस्या नहुने बताए । ऋण लिएर जथाभावि खर्च गर्ने परम्पराको अन्त्य नभएसम्म आर्थिक समस्या नहट्ने उनीहरुको भनाई थियो ।
महिला भेलामा बैंकका उपक्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अनुगमन प्रमुख बालकृष्ण रेग्मीले वित्तीय साक्षरता कार्यक्रम पैसा कमाउने उपाय भन्दापनि बचत गर्ने बानीको विकास गराउने माध्यम भएको बताए ।
बैंकद्धारा आयोजित महिला भेलाको अध्यक्षता समूह प्रतिनिधि माया शाहीले गरेकी थिईन् । भेलामा स्वागत बैंकका पुतलीबजार शाखा प्रमुख दिनेश गुरुङ गरेका थिए भने संचालन अमृत गोदार गरेको कार्यक्रममा अरुण कार्कीले शाखाको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार