लमजुङमा प्रत्यक्षतर्फ एक मात्र महिला उम्मेदवार सिफारिस
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १६:४९:३२
२३ भदौ, लमजुङ । लमजुङमा प्रत्यक्षतर्फ एक जना मात्र महिला उम्मेदवार सिफारिस भएकी छन्। आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ महिला उम्मेदवार सिफारिस भएकी हुन् । सो दलबाट गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी छन् । उनी प्रतिनिधिसभामा समानुपातिक तर्फबाट पनि सिफारिसमा परेकी छन् ।
उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ निर्वाचन लडेकी थिइन् । त्यसयता २०७० र ०७४ मा उनी समानुपातिकमा बसेकी थिइन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ महिलाको नाम सिफारिस भएको छैन ।
लमजुङमा समानुपातिक तर्फ भने २९ जना महिलाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभा सदस्यतर्फ २१ जना महिलाको नाम सिफारिस भएको हो । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट तीनजना, नेकपा एमालेबाट दुईजना, माओवादी केन्द्रबाट दुईजना र नेपाल समाजवादी पार्टीबाट एकजना महिलाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।
नेकपा एमालेबाट प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ । सो दलबाट प्रदेश सभा समानुपातिकमा लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया राना मगरको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ कोपिला विक, तिरकाशी गुरुङ र कृष्णमाया विकको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा खुसीमाया (अस्मिता) गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, सप्रिया जोशी, विष्णुमाया न्यौपाने धितालको नाम सिफारिस गरेको छ ।
प्रदेश ख मा टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी क्षेत्री, ज्ञानु शाह, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ र माझी राष्ट्रिय मुक्ति मोर्चाकी महासचिव उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेश सभातर्फ सतीमाया तामाङ, शोभा थापा र जुना विकको नाम सिफारिस भएको छ । नेपाल समाजवादी पार्टीले शोभा गिरीलाई प्रतिनिधि सभा र रेलकुमारी गुरुङलाई प्रदेशसभामा सिफारिस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार