हलहरूले शो नदिएपछि ‘ऐना झ्यालको पुतली’ टिम पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १९:५३:५१
२३ भदौ, काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई नेपालका सिनेमा हलहरूले शो नदिएपछि निर्माण पक्षले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । निर्माण पक्षले बिहीबार दिउँसो पौने ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
शुक्रबारबाटै रिलिज हुने भनिएको हिन्दी सिनेमा ‘ब्रह्मास्त्र’ सेन्सर पास रोकिएकाले नेपाली हलहरूले ‘ऐना झ्यालको पुतली’ लाई अहिलेसम्म शो दिएका छैनन् । हिन्दी सिनेमा वितरकको प्रभावका कारण नेपाली चलचित्रलाई शो उपलब्ध नगराइको भन्दै निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राख्न लागेको निर्देशक सुजित बिडारीले जानकारी दिए ।
‘ऐना झ्यालको पुतली’ हेरेका चलचित्रकर्मी तथा पत्रकारले चलचित्रको निकै तारिफ गरेका छन् । धेरै पछि मौलिक नेपाली चलचित्र बनेको भन्दै अहिले सामाजिक सञ्जाल र मिडियामा ‘ऐना झ्यालको पुतली’ प्रशंसा भइरहेको छ । तर, सिनेमा हल मालिकहरूले अहिलेसम्म चलचित्रका लागि शो उपलब्ध गराउन चाहेका छैनन् ।
रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ महँगो मूल्यमा किनिएको र सो फिल्मलाई धेरै शो दिनुपर्ने भन्दै हल मालिकहरूले ‘ऐना झ्यालको पुतली’ देखाउन नचाहिरहेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार