मित्रराष्ट्र भारतका सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता
नेपालबहस संवाददाता
भदौ २३, २०७९ शुक्रबार १:१४:४५
२३ भदौ, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् । भ्र्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरुलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्न विशिष्टीकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरूप सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए ।
भ्रमणकै दौरान जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्षबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।
भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भ्रमणका क्रममा मंगलबार रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गरेका थिए । उनले भारतबाट सहुलियतरूपमा आएको रु २२ करोड ३८ लाख बराबरको सैन्य सामग्रीसमेत हस्तानतरण गरेका थिए ।
उनको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार