रैथाने बालीको संरक्षण गरिँदै
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १७:४०:३१
२६ भदौ, मान्म । कालीकोट जिल्लामा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न किसान लागेका छन् । यस्ता बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् ।
जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौँलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्यरूपमा ती बालीउत्पादन हुने गर्दथ्यो ।
यस वर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिए । “चिनुको माग काठमाडौँका व्यापारीबाट आएपछि गाउँमा खेतीको सुरुआत गरेका हुँ ।” उनले भने, “जिल्लाको सुन्तलागाउँ भनेर चिनिने गरेको छ, परापूर्वकालमा गाउँमा चिनु, कागुनुको व्यापकरूपमा खेती हुन्थ्यो । अहिले पुनः खेती सुरु गरेको छु ।”
परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा सुरु गरिएको चिनुखेती निकै राम्रो फलेको उनको भनाइ छ । जिल्लामा स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेका छन् ।
लोपोन्मुख रैथाने बाली संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको तिलागुफा नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । “हामी किसानलाई रैथाने बाली उत्पादन गर्नका लागि अनुदान दिन्छौँ । उत्पादित बालीको बजारको सुनिश्चितता गर्छौँ ।” उनले भने, “नगरभित्र उत्पादित रैथाने बाली नगरले नै खरिद गरी बजारीकरण गर्ने योजना छ ।”
रैथानी बाली संरक्षणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सुरु गरेको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिए । ‘पलाँता क्षेत्र कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो”, उनले भने, “यहाँको उत्पादित रैथाने बाली विगतमा आफैँलाई मात्र प्रयोग गरिन्थ्यो । अब किसानलाई धेरै मात्रामा उत्पादन गरेर जिल्ला बाहिर निर्यात गराउने योजना छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार