इटहरीको तरहरामा फिल्म ‘अभियान’को दोश्रोपटक भब्य विशेष शो सम्पन्न
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार २१:१०:३०
२६ भदौ, इटहरी । तामाङ थाकथलो किपटको कथामा पहिचानको आवाज बोल्ने फिल्म ‘अभियान’को इटहरी तरहरास्थित संयुक्त भुपु सैनिक भवनमा दोश्रो पटक भब्य विशेष शो सम्पन्न भएको छ । औपचारिक कार्यक्रमपछि फिल्म प्रदर्शन गरिएको थियो । दिनको २ बजेदेखि सुरु भएको कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आथित्यता रहेको थियो ।
औपचारिक कार्यक्रममा ५ जना रङ्ग पत्रकारलाई फिल्म युनिटले सम्मान समेत गरेको थियो । सम्मानित हुनेमा डिथ्री अनलाइन इटहरीका प्रबन्ध निर्देशक तथा सो फिल्मका प्रेस संयोजक सुवास श्रेष्ठ संकल्प, कृति टेलिभिजनकि मौसमी कार्की, शप्तकोशी टेलिभिजनका बिकल रेग्मी, एरिना टेलिभिजनकि सुप्रीया राई र बिराट टेलिभिजनका बिकल पौडेल सम्मानित भएका हुन् ।
फिल्म युनिटले मोफसलमा रहेर फिल्मका गतिविधिलाई मिडियामा प्रसारण गरेर यो क्षेत्रमा पुर्याएको योगदान र ‘अभियान’ प्रचारमा सहयोग गरेको भन्दै संकल्पसहित ५ जना रङ्ग पत्रकारलाई सम्मान गरेको हो । तरहराको विशेष शोमा डम्फु सेलोबाट औपचारिक कार्यक्रमको सुभारम्भ गरिएको थियो । उक्त विशेष शोमा झन्डै डेढ सयको हाराहारीमा उपस्थित थिए ।
लाखमान योन्जन तामाङ लिखित, निर्मित तथा निर्देशित फिल्म अभियानको गएको भदौ १८ गते इटहरीस्थित इलाइट सिनेमा हलमा पहिलो पटक विशेष शो गरिएको थियो । इलाईटमा गरिएको झै तरहरामा पनि उपस्थिति उत्साहजनक रहेको र सबैले फिल्म राम्रो लागेको भन्दै सकारात्मक प्रतिक्रिया पाएको फिल्मका निर्माता तथा निर्देशक तामाङले बताए । अब यसपछी असोज १० गते काठमाडौको जमल अवस्थित राष्ट्रिय नाच घरमा ‘अभियान’ को भब्य विशेष शो गरिने फिल्म युनिटको तयारी छ ।
कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको अभियानलाई स्व। जयनन्द लामाको अन्तिम फिल्म भनिएको छ । स्व। लामा सहित यो फिल्ममा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मदन बहादुर राइ प्रस्तुतकर्ता रहेको फिल्मलाई आउदो माघ १३ गतेबाट देशब्यापी प्रदर्शनमा ल्याउने निर्माण युनिटको भनाइ छ । सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको फिल्मलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका छन् भने मैना घिसिङ फिल्मकि निर्माता हुन् । अभियानमा २ ओटा गीत समावेश गरिएको छ । गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ भने संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङले गरेका छन् । राजेश लेप्चाले द्वन्द्व निर्देशन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार