शाहले जिते ‘मिस्टर मोडल अफ द वर्ल्ड’ को उपाधि
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १९:४२:२५
२७ भदौ, काठमाडौं । काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ उपाधि जितेका छन् ।
भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा ५ फिट ११ इन्च उचाइ भएका मोडल तण्डुकारले २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् ।
विजेता तण्डुकारले यो उपलब्धिसँगै ३ देखि ७ नोभेम्बरसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छन् । प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट मोडलहरूको सहभागिता रहने छ ।
प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाइसको टाइटल अवार्डसमेत जितेका छन् । फेसन मोडलको रूपमा सक्रिय तण्डुकार स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।
यसअघि सन् २०१८ मा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका मोडल तथा अभिनेता डा।दिक्पाल कार्कीले मोडल अफ द वर्ल्ड २०१८ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
प्याजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको पुरुष मोडलहरूको यो प्रतियोगितामा आभिनेष श्रेष्ठले फर्स्ट रनर्सअप तथा आकाश महर्जनले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटीले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपमा चित्त बुझाएका छन् ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिद्वारा पुरस्कृत गरिएको छ । तीमध्ये सुलक्स चापागाईंले एड्भोकेसी एम्बास्डर तथा कमलकुमार चौधरीले युथ एम्बास्डरको उपाधि जितेका छन् ।
शीर्ष उपाधितर्फ मनिष पासवानले मिस्टर मल्टिमिडिया, आभिनेष श्रेष्ठले मिस्टर फिजिक्स, अंकितप्रताप सिंहले मिस्टर फोटोजेनिक तथा सफल न्यौपानेले अनलाइन भोटिङ स्टारको उपाधि जित्न सफल भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार