हुम्लामा अनन्ते मेला लाग्दै
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार २१:५५:४४
२७ भदौ, सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका–४ मा मौलिक सांस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले धुमधामका साथ मनाउने मनाएका छन् । वडा नं ४ छिप्रा, मजा गाउँवासीले अनन्ते मेला विशेष महत्वका मनाउने गर्दछन्।
यस्तै यो मेला सोही गाउँपालिकाको वडा नम्बर १ को गोप्का, पिउस गाउँमा समेत मनाइने गरिन्छ । अनन्ते मेला महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवका रुपमा लिने गरिएको वडा नम्बर ४ का बासिन्दा अफिल रोकायाले बताए ।
यो मेलालाई यहाँका स्थानीयले यसलाई यतिमा मात्र सीमित नराखेर जिल्लाका हरेक देउडा संस्कृतिको जगेर्नालाई पहिलो प्राथमिकता दिने गरिएको रोकायाले बताए । महिला पुरुष एक अर्काबीच जीवन जगत्का सुख दुःखका कुरा, प्रेमका प्रसङ्ग र विकास निर्माण राजनीतिका कुरा देउडा गीतबाटै पोख्ने गरिन्छ । दुई दिनसम्म लाग्ने यो मेलामा युवा, बूढापाखाले रातदिन देउडा खेल्ने गरेको यहाँका स्थानीयले बताउने गरेका छन् ।
आफन्तसँगको भेटघाट र मित्रता गाँस्न मिल्ने तथा देउडा गीतकै भाकाबाट मनोरञ्जन लिने पर्वका रुपमा अनन्तेको पहिचान भएको पाइन्छ । छिमेकी गाउँ टोल, लेक खर्क बेसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने तथा रमाइलो गर्ने गरेको पाइन्छ।
मेलामा मष्ठो, हिल्सो, ल्वासुर लगायतका देवताको पूजापाठ गर्नुका साथै ग्रह दशाका लागि भन्दै बोकाको बलि दिने चलनसमेत रहेको छ । विभिन्न देवताले आ आफ्नो अवतारसमेत देखाउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार