७५ जिल्लाका १० हजारमा देखियो डेंगु संक्रमण, सतर्कता अपनाउँन मन्त्रालयको आग्रह
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १८:४२:१३
२७ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले ७५ जिल्लाका १० हजार हाराहारीमा डेंगु संक्रमण भेटिएको जनाएको छ । मन्त्रालयले आइतबारसम्ममा देशभर साउनदेखि हालसम्म आइपुग्दा ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको जनाएको छ ।
हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिएको मन्त्रालयको भनाइ छ । त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा रहेका छन् । मन्त्रालयका अनुसार उच्च जोखिममा रहने जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन रहेका छन् ।
आइतबारसम्मको तथ्यांकअनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।
त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हनेमा ४ जना डेंगुकै जटिलताले मृत्यु भएको हो भने ३ जनामा भने डेंगुसँगै अरु रोगको पनि भेटिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै डेंगुबाट बच्न कर्मचारीलाई पूरा बाहुला भएको पोसाक लगाउन अनुरोध गरेको छ । मन्त्रालयले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको जनाएको छ ।
मन्त्रालयले यही शनिबारदेखि बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहे÷नरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले डेंगु रोकथामकालागि तीनवटै तहसँगै समन्वय गरेर अघि बढिरहेको बताए । उनले भने, ‘तीनै तहकसरकारसँग समन्वय गरेर अस्पतालको तयारी, समुदाय स्तरमा खोज र नष्टको अभियान तीव्र गतिमा अगाडि बढाइएको छ ।’
उनले सरकारले रोकथाममा ढिलासुस्ती नगरेको भन्दै यो सबै क्षेत्रको समन्वयको काम भएको र सर्वसाधारणदेखि लिएर सबैको सहकार्य आवश्यक रहेको बताए । जनचेतना, लार्भा खोज र नष्ट अभियानमा स्थानीय निकाय खटिएका छन् । सबै अस्पताललाई पनि अवस्था हेरेर व्यवस्थापन गर्नु भनेर निर्देशन गइसकेको र डेंगु जाँच गर्ने किटहरु अभाव नभएको उनले बताए ।
विज्ञहरूका अनुसार डेंगुको अझै २ महिना जोखिम छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगुको उत्कर्ष अझै केही समय रहने बताए । उनका अनुसार घरका सबै सदस्य नै डेंगु पुष्टि भइरहेका छन् ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकिसकहरू सुझाउँछन् ।विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार