जेम्स बन्डको फिल्मका डविङ आर्टिस्ट क्रिस्टोफरले गरे ‘गोर्खा वारियर’को डविङ
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार १९:४२:२
२९ भदौ, काठमाडौं । सन २०२३ मा विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘गोर्खा वारियर’को यतीबेला लन्डनमा स्वराँकन भईरहेको छ । हलिउडका लोकप्रिय डविङ कलाकार क्रिस्टोफर केन्टले यो चलचित्र को टिजर र ट्रेलर मा स्वराँकन गरेका छन् ।
जेम्स बोन्डको फिल्म नो टाईम टु डाई, फ्रोजन २, आर्टिमिस फलसहित हलिउडका चर्चित फिल्म तथा सैयौं टिभिसी, डक्युमेन्ट्रीमा आवाज दिईसकेका यी डबिंग आर्टिस्टले बेलायतको लन्डन स्टुडियोमा फिल्म गोर्खा वारियरको स्वराँकन गरेका हुन् । यस अघि ‘गोर्खा वारियर २’ नाम राखिए पनि अब यो फिल्मको नाम ‘गोर्खा वारियर’ हुने छ । यसको दोश्रो संस्करण अर्थात गोर्खा वारियर २ निर्माण अर्को वर्ष हुने छ ।
दर्जन सफल चलचित्र दर्शकमाझ ल्याईसकेका निर्देशक मिलन चाम्ले चलचित्र ‘गोर्खा वारियर’ को निर्माण निर्देशन गरेका हुन् । नेपाल, भारत, मलेशिया लगायतका देशमा छायाँकन भएको यो फिल्मलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गर्ने निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।
गोर्खा सैनिकले विश्व युद्धमा गरेको सँघर्ष र सफलताको कथामा यो चलचित्र निर्माण भईरहेको छ । चलचित्रको मुख्य नायकमो रितेश चाम्स छन् । निकै लामो तयारी पश्चात रितेशले यो चलचित्रबाट नेपाली फिल्म उधोगमा नायकको रुपमा डेब्यु गर्दैछन् ।
रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, लगायतकाकलाकारको मुख्य भूमिका रहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्माताको रुपमा सुरेश राई छन् ।
गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार