हरेक सरकारी कार्यलयमा ‘म भ्रष्टाचार गर्दिन’ भन्ने बोर्ड राख्न लगाएर तत्कालीन प्रधानमन्त्री ओलीले गर्नुसम्म भ्रष्टाचार गरे: प्रचण्ड
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ बिहिबार २१:१२:११
३० भदौ, काठामाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप लगाएका छन् । ओलीले मन्त्रत्रालयदेखि हरेक सरकारी कार्यालयमा भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको प्रचण्डको भनाइ छ ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा सरकारको प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गरेको दावी गरे । उनले भने, ‘ म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनेर साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने । के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ । प्राणालीमा सुधार गर्न आवश्यक छ । यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् ।’
संरचनामा देखिएका विकृति र विसंगतिलाई सुधार गर्नका लागि आफू लाग्ने दाहालको भनाइ थियो । शान्तिपूर्ण छलफल र बहसको तरिकाले सामाजिक जीवनका सबै क्षेत्र र समुदायको सहभागितासहित अगाडि बढ्नुपर्ने र त्यसका लागि आवश्यक पर्दा सडकमा पनि जानुपर्ने अवस्था आउने उनले बताएका छन् ।
भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको पनि प्रचण्डले बताए । उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताए ।
निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताउँदै उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरुले गर्ने गरेको बताए । उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गरे ।
राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको भन्दै प्रचण्डले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे ।
देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गर्दै उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको बताए । उनले भने,‘परनिर्भरताको स्थिति भयानक छ । हाम्रो यस क्षेत्रमा राम्रो दक्षता हासिल गर्नुभएको कुरा राख्नुभएको छ, हामीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा हाम्रो आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिन्छ । तर अपेक्षित प्रगति भइरहेको छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार