लमजुङमा बजार अनुगमन, पसललाई जरिवाना
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १२:०:४
३१ भदौ, लमजुङ । लमजुङमा दसैं लक्षित बजार अनुगमन भएको छ । लमजुङ सदरमुकाम वेसीशहरमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङको अगुवाइमा बजार अनुगमन गरिएको हो ।
बेसीशहर ७ स्थित मनाङेचौतारादेखि पुरानो बैंक चोक सम्म रहेको किराना तथा तरकारी पसल, सप्लार्यस कोल्ड स्टोर्स, सुपर मार्ट, इलोक्ट्रोनिक्स गरी १६ वटा पसलहरूमा अनुगमन गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन । अनुगमनका क्रममा केही किराना पसलहरूमा खाद्य वस्तुहरूमा स्टिकर नराखेको, मूल्यसूचि नराखिएको, किराना पसलमा मदिरा तथा सूर्तिजन्य पदार्थ इजाजत पत्र नलिई बेचबिखन गरेको पाइएको छ ।
अनुगमन टोलीले दर्ता नगरी बिक्रीका राखी राखिएका सुर्ती, चुरोट र मदिरा जफत गरेको छ भने म्याद गुज्रेका सामान समेत जफत गरेको छ । अनुगमन क्रममा व्यापारीहरूलाई मूल्यसूचि अनिवार्य राख्न, समयमै पसल नवीकरण गर्न, फलफूल तरकारी बिक्री गर्ने पसलहरूलाई कारोबार थप गर्न निर्देशन दिइएको घरेलु कार्यालयका प्रमुख थापाले बताइन ।
नियम विपरीत सञ्चालन भएको दुई वटा पसललाई जिल्ला प्रशासन कार्यालयले एकरएक हजार जरिवाना समेत लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार