नेपाली सेनाले सहायक सेनानीको लागी भर्ना खुलायो
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:२१:५१
भदौ ३१ , काठमान्डौ । नेपाली सेनाले अधिकृत क्याडेट सहायक सेनानीका लागि भर्ना खुल्ला गरेको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आह्वान गरिएको हो ।
सेनाले लोकसेवा आयोगको सहमतिमा खुलातर्फ ११७, महिला २२, आदिवासी र जनजाती ३०, मधेसी २८, दलित १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट छुट्याएको छ । बाँकी रहेका ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका वा ज्यान गुमाएका सेनाका सन्ततिका लागि छुट्याइएको बताइएको छ ।योग्यता पुगेका इच्छुकले लोकसेवा आयोगले तोकेको एक हजार रुपैयाँ भर्ना शुल्क बुझाएर फारम भर्नुपर्ने सेनाले बताएको छ । उक्त पदका लागि आजदेखि असोज ३० गतेसम्म दरखास्त दिइसक्नु पर्नेछ ।
आवेदनका लागि मुलुकभरका आठ ठाउँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार