प्रमुख दलमा उम्मेदवार टुंगो लगाउन सकस, माओवादीको बैठक सर्यो
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १६:५८:१९
३ असोज, काठमाडौं। आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने समय बितिरहँदा प्रमुख दलले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । सत्ता गठबन्धनमा रहेका पाँच दल अझै छलफलमै केन्द्रित छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले समेत सूची तयार गरिसकेको छैन् । नेकपा(एमाले)ले भने आइतबार नै सूची तयार गरिसकेको छ । उसले आज मध्याह्नपछि निर्वाचन आयोग पुगेर समानुपातिकतर्फको बन्द सूची पेस गर्ने बताइएको छ ।
निर्वाचन आयोगले बन्दसूची पेस गर्न असोज २ र ३ गते गरी दुई दिनको समयसीमा तोकेको छ । असोज २ गते राष्ट्रिय समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी गरी मात्र दुई दलले प्रतिनिधिसभाका लागि उम्मेदवारको सूची बुझाएका छन् । समानुपातिकतर्फ भाग लिन भने ७६ दलले ६८ वटा निवेदन बुझाएका छन् ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।
समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् ।
कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
शाहरुख जब स्टार थिएनन्, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्यौंः मनिषा कोइराला
पुष २८, २०८१ आइतबार
कुमारी बैंक लिमिटेडको माघ २१ गते साधारणसभा, बुक क्लोज कहिले ?
पुष २८, २०८१ आइतबार
अमेरिकाको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त
पुष २८, २०८१ आइतबार
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश वितरण गर्दै
पुष २८, २०८१ आइतबार
नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
पुष २८, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार