बढ्दै गरेको आत्महत्या रोकथाममा बारा प्रहरीको पृथक प्रयास
आबिद हुसेन
असोज ३, २०७९ सोमबार २१:४३:५४
३ असोज, बिरगञ्ज । आत्महत्याका घटना रोकथामका लागि सामाजिक स्तरमै सचेतना फैलाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले अन्तर्राष्ट्रिय आत्महत्या विरुद्धको दिवसका अवसर पारेर आयोजना गरेको कार्यक्रमकाबीच सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।
बढ्दो महत्वकांक्षा र जीवनशैलीमा तालमेल नहुँदा आत्महत्याका घटना बढिरहेको भन्दै अमूल्य जीवन खेर फाल्न नहुने बारेमा सामाजिक रुपमा नै सचेतना फैलाउन आवश्यक रहेको वक्ताहरुले बताए ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले अमूल्य जीवनलाई खेर फाल्न नहुने भन्दै आत्महत्या रोकथामका लागि सबैले हातेमालो गरेर सचेतना फैलाउनु पर्नेमा जोड दिए । बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतनाको विकल्प नभएकाले सामाजिक स्तरमै सचेतना फैलाउन सबै हातेमालो गर्दै अघि बढ्नु पर्ने उनको भनाई थियो ।
झुण्डिएर आत्महत्या गर्न लागेको जस्तै देखिने गरी तयार पारिएको सांकेतिक पुत्ला बोकेर जिल्ला प्रहरी कार्यालय बाराबाट सुरु भएको र्याली कलैया बजार परिक्रमा गरेर भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आत्महत्याका ८० प्रतिशत घटना डिप्रेसनका कारण हुने गरेको भन्दै तनाब ब्यवस्थापन गर्न सकिए घटना न्यूनिकरण गर्न सकिने बताए । आत्महत्या रोकथामका लागि सबैलाई सचेत बनाउन पृथक तरिकाले सांकेतिक पुत्ला तयार पारेर कार्यक्रम गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा भएको कार्यक्रममा यहाँका सबै सामुदायिक प्रहरी सेवा केन्द्र, आत्महत्या सम्बन्धी क्षेत्रमा काम गर्ने संघ संस्था ससस्त्र प्रहरी, नेपाली सेना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
नागरिक स्तरमा सचेतना फैलाउन पृथक ढंगले गरिएको कार्यक्रमले आत्महत्या रोकथाम गर्न मद्धत पुग्ने भन्दै कलैयाबासि एवं नागरिक समाजले प्रशंसा गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार