मकैको उत्पादन घट्दा किसान मारमा
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २२:३०:३६
३ असोज, बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ सम्मर गाउँका कृषक यसवर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन विनानै वितरणगर्दा उत्पादन राम्रो नभएपछि कृषक मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पटेक क्षेत्र घोषणा गरिएको थियो ।
गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो तर सम्मर गाउँ एक हजार छ सय मिटरको उचाइमा छ । गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ ।
यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गरेका र उक्त जातको बीउले उत्पादन पनि राम्रो दिएको थियो । “यसवर्ष कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउले नै ठग्यो”, स्थानीय कृषक प्रेमबहादुर पुनले भने, “यसपालि उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बीउ लगाउनै नहुने भो ।
” मकै ब्लगका अध्यक्षसमेत रहेका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउ लगाएका छन् । नयाँ जातको बीउबाट राम्रो उत्पादन गर्न सकिने आश गरिएको तर उत्पादनमा निकै कमी भएपछि निराश हुनुपरेको बताए। ज्ञान केन्द्रका प्राविधिकले अर्को वर्षदेखि यो बीउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जातनै लगाउन सुझाएको उनको भनाइ छ ।
स्थानीय कृषक छमप्रकाश पुनले भए भरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नुपरेको बताए। उनले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिक रुपमा माटो जाँच गरेर बीउ वितरण गरेको भए आफूहरुले धेरै नोक्सानी व्यहोर्ननपर्ने बताए।
“बीउ वितरण गर्ने बेलामा प्राविधिक आएर यहाँको वस्तु स्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीले यति धेरै नोक्सानी भोग्नुपर्ने थिएन”, उनले भने, “अब अर्को वर्षदेखि पहिलेको बीउले राम्रो उत्पादन दिएको त्यसैलाई निरन्तर गर्नुपर्छ ।
” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ एक हजार छ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बीउको माग गरेको र सोही अनुसार केन्द्रले बीउ उपलब्ध गराएको बताए । उनले उत्पादनमा केही कमी आए पनि नयाँ बीउ भएको हुँदा प्राविधिक रुपमा उत्पादनमा खासै कमी नआएको बताए ।
“नयाँ बीउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो एक हजार सात सय मिटरभन्दा माथिको उचाइमा राम्रो उत्पादन हुने हो, कृषकहरुले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गर्नु भएकाे छ ।
हामीले पनि सोहीअनुसार उनीहरुलाई मकैको बीउ उपलब्ध गरायौँ”, प्रमुख भट्टराईले भने, “यसका लागि कृषकले बढी मेहिनत गर्नुपर्छ, उनीहरुले कम मेहिनत गरे, कम्पोस्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो ।”
भट्टराईले ज्ञान केन्द्रले तालिम दिएअनुसार कृषकले काम नगर्दा उत्पादनमा कमी आएको समेत बताए । उनले अर्को वर्षदेखि मकामना–३ जातकै बीउ वितरण गर्ने योजना बनाएको बताए । त्यस क्षेत्रमा आगामी वर्षका लागि मनकामना जातकै बीउ प्रस्ताव गरि केन्द्रमा सिफारिस गरेको जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार