मधेशका होटल तथा पर्यटन व्यवसायी पर्यटकको स्वागतमा जुटे
नेपालबहस संवाददाता
असोज ३, २०७९ मंगलबार ५:३१:१२
३ असोज, महोत्तरी । पर्यटन दिवसको संघारमा मधेश प्रदेशका पर्यटन तथा होटल व्यवसायी संघहरु तयारीमा जुटेका छन । प्रदेशमा आन्तरिक र वाहय पर्यटक भित्र्याउन प्रदेशभरीका आन्तरिक एयरपोर्ट र सिमावर्ती क्षेत्रमा विशेष तयारी गरेको होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले जानकारी दिए ।
प्रदेश संघमा आवद्ध झण्डै १६ सय होटलहरुले पाहुनाहरुको लागी ११ असोजमा २५ प्रतिशत छुटको व्यवस्था गरेका छन । पर्यटकहरुलाइ गन्तव्यमा पुर्याउन सवारी साधनको ब्यवस्थादेखी फूल, गुछाले स्वागत गर्ने निर्णय गरिएको अध्यक्ष गौतमको भनाइ छ । पर्यटकहरुलाइ आकर्षित गर्न ब्यवसायीहरुले झाकी र स्थानिय पहिचान झल्कने विभिन्न भेषभुषा पहिरिएर पर्दसन गराउनेपनी तयारी गरेका छन ।
सवैभन्दा बढी होटल भएको महोत्तरीमा ९ असोजदेखी ११ असोजसम्म ३ दिन छुटको व्यवस्था गरिएको छ । खानामा १५ प्रतिशत र बस्नमा २५ प्रतिशतको छुटको व्यवस्था गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष सुदिप कार्कीले जानकारी दिए । महोत्तरीको राजमार्गको मध्यविन्दुमा रहेको बर्दिबासमा सवैभन्दा बढी होटल छन् । प्रदेशभरीका स्तरीय होटल बर्दिबासमा नै केन्द्रित भएको हुनाले पनि प्रदेशका धेरैजसो कार्यक्रम बर्दिबासमा नै हुने गर्दछन ।
यसैलेपनि पर्यटकको आवागमनलाई मध्यनजर गरि वर्दिबासमा विशेष तयारी गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघका अनुसार १० असोजको दिउँसो ३ वजे जिल्लाको प्रसिद्ध मण्दिर माइस्थानमा सरसफाइ गरिनेछ । त्यस्को भोलीपल्ट ११ गते बिहानैदेखी प्रभातफेरी र स्थानिय पहिचान झल्कने सास्कृतिक बिशेषताहरुलाइ पर्दसन गरिनेछ ।
उक्त पर्दसनले जिल्लाको मौलिक संस्कृतिलाइ पहिचान गर्ने भएकाले जिल्लाको चिनारी थप फराकिलो वन्ने बिस्वास लिईएको छ । महोतरीमा अहिले संघमा आवद्ध २५० होटलहरु संचालनरत छन । जिल्लाको भिठ्ठामोड नाकावाट भित्रीने पर्यटकहरुलाइ नाकासम्म नै पुगेर खादा, माला र मिठाई खुवाएर स्वागत गरिने होटल व्यवसायीहरुको तयारी छ । १३ असोजमा भने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले नै पारिवारिक सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । २ हजार टिकट रहेको उक्त कार्यक्रम बर्दिबासस्थित गौतम होटलमा आयोजना हुने आयोजक पक्षले जानकारी दियो ।
राष्ट्रिय गायककार तथा कलाकारहरुवाट बिबिध नृत्यनाटक तथा गायन प्रस्तुत गरिने आयोजक टिमका संयोजक सुदिप कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार