प्रविधिमैत्री बन्दै भानु नगरपालिका
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २०:३२:२५
५ असोज, डुम्रे । तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरवासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बनाउन थालिएको हो ।
नागरिकलाई सेवा, अवसर र पहुँचमा पुर्याउन दुईवर्षे परियोजनाको अवधारणासहित सहज सेवा उपलब्ध गराउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । नगर कार्यपालिकाको बैठकबाट स्वीकृत गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने परियोजना कार्यान्वयनमा जुटेको उनले बताए ।
नागरिक र स्थानीय सरकारको सम्बन्धलाई प्रगाढ बनाउँदै विद्युतीय प्रणालीको प्रयोगले ‘डिजिटलाइजेसन’ गरी कार्यालयको सेवा प्रवाहलाई ‘पेपरलेस’ बनाउन लागिएको उनले बताए । “विशेष गरी गर्भवतीलाई सहजरुपमा सेवा उपलब्ध गराउन मेडिकल मोबाइलको प्रयोगलाई प्राथमिकता दिएका छौँ ।
मेडिकल मोबाइलको प्रयोगबाट गर्भवती महिलाको नियमित परीक्षणको लागि सूचना प्रदान गर्ने तथा बिरामीलाई नगरको अनलाइन पोर्टलमार्फत सामुदायिक स्वास्थ्य स्वयं सेविका, गर्भवती, बिरामी स्वास्थ्यकर्मीसँग लिङ्क गराई सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । संवेदनशील स्थान, पर्यटकीय क्षेत्र, प्रत्येक वडामा सिसिक्यामरा जडान गरिनेछ”, नगर प्रमुख त्रिपाठीले भने ।
सामुदायिक विद्यालयका लागि विद्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइने, प्रत्येक वडामा प्रविधिमैत्री नागरिक सहायता केन्द्र स्थापना गरिनेछ । प्रत्येक किसानलाई नगरको छुट्टै कृषि एपसँग आबद्ध गराई आर्थिक विकासको लक्ष्य हासिल गरिनेछ । कृषि सूचना, व्यवसायिक योजना निर्माण, अनुदान व्यवस्थापन, सेवा प्रदायक व्यवस्थापन, बिमा, किसान व्यवस्थापन, माटो स्वास्थ्यता तथा मल सिफारिस प्रणाली एवं कृषि प्रोफाइल निर्माणका लागि कृषि विकास तथा उत्पादन नियन्त्रण प्रणाली प्रत्येक किसानमा एपको प्रयोगमार्फत सेवा पुर्याइने उनले बताए ।
समष्टिगतरुपमा नगरपालिकालाई पारदर्शी, जवाफदेही, स्थानीय सरकारको सुनिश्चितताको लागि प्रविधिमैत्री बनाउँदै घरमै बसेर मोबाइलबाट सेवा प्राप्त गर्न यो प्रणाली कार्यान्वयन गरी सुशासनको प्रत्याभूति गर्ने अवधारणा ल्याइएको नगर प्रमुख त्रिपाठीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार