कर्णालीमा जग्गा वर्गीकरणमा ढिलाइ
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २१:४५:५८
५ असोज, सुर्खेत । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २३ मा भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । सबै मातहतका कार्यालयमा सो सम्बन्धी पत्राचारसमेत जारी गरिसकेको छ ।
हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ । तर कर्णालीका स्थानीय तहले त्यसको प्रक्रिया सुरु गर्न सकेका छैनन् ।
सुर्खेतको चौकुने गाउँपालिकाले भने जग्गा वर्गिकरण पक्रिया सुरु गरिए पनि विविध समस्याका कारण त्यो काम सुरु नभएको जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष खड्क विकले जग्गा वर्गिकरणको लागि समिति गठन गरिएको जानकारी दिँदै अहिले पालिकामा बाढीपहिरोका कारण काम स्थगित गरिएको बताए ।
उनले भने, “हामीले प्रत्येक वडामा जग्गा वर्गिकरण गर्न भन्दै समिति गठन गरेका छौँ । तर हालै आएको बाढीपहिरोका कारण त्यो काम अगाडि बढेको छैन ।” जग्गा वर्गीकरणको लागि कुनै पनि काम सुरु नभएको भन्दै अब चाडपर्व सकिएपछि मात्रै सुरु हुने जाजकोट भेरी नगरपालिका उपप्रमुख सीता जैसीले राससलाई बताए ।
उनले भने, “केन्द्र सरकारको सर्कुलर अनुसार काम गर्ने तयारीमा छौँ । तर ठूला चाडपर्व नजिकै आएको हुँदा अब यो सबै काम दसैँ तिहारपछि मात्रै सुरु हुन्छ ।” जाजरकोटकै कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले पनि अहिले जनशक्ति अभाव भएको भन्दै निर्वाचनपछि मात्रै पालिकाभित्रको जग्गा वर्गिकरणको काम सुरु हुने बताए ।
“हामीसँग कर्मचारीको अभाव पनि छ, विशेष गरी प्राविधिक तर्फका कर्मचारी नहुँदा समस्या भइरहेको छ ।” कालीकोटको खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाही पनि अब जग्गा वर्गिकरणको लागि प्रक्रिया सुरु गरिने बताउँदै त्यसको लागि छलफल सुरु भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार