सुपर डान्सर नेपालको स्टेजमा स्वस्तिमाको दमदार प्रस्तुती
नेपालबहस संवाददाता
असोज ६, २०७९ शुक्रबार ०:२९:१४
६ असोज, काठमाडौं । रियलमी प्रेजेंट्स सुपर डान्सर नेपाल हाल कान्तिपुर टेलिभिजन अनि ओएसआर रियालिटी युट्युब मार्फत प्रशारण भईरहेको छ । नेपालि बिज्ञापन बजारको चिर परिचित एबं सफल संस्था ए डी रिलिजको प्रस्तुति अनि निर्माण रहेको सुपर डान्सर नेपालको १२ एपिसोड प्रसारण भईसकेका छन् भने हाल उत्कृष्ठ दश सुपर डान्सरले आफ्नो दमदार नृत्यका बिभिन्न कला देखाई रहेका छन्।
यसै बीच चर्चित अभिनेत्री स्वस्तिमा खड्का आगामी एपिसोडमा देखिदैछिन, आफ्नो अभिनय कौशल अनि नृत्यकलाका कारण चर्चित छिन । स्वस्तिमाले थुप्रै सिनेमा अनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन, प्राय जस्तो उनि अभिनित गीतहरु हिट समेत भएका छन्।
खड्काले सन् २०१५ को किशोर प्रेमप्रसङ्गयुक्त ‘होस्टल रिटर्न्स’मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन्, जसका लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयन गरिएको थियो। यो प्रारम्भिक सफलता व्यवसायिक रूपमा सफल चलचित्रहरूको शृङ्खलाद्वारा पछ्याइएको थियो। सिनेमामा उनको अभिनयले राम्रै प्रशंशा पनि प्राप्त गरेको थियो।।
रियलमी प्रेजेंट्स सुपर डान्सर नेपालको आउदो बिशेष एपिसोडमा स्वस्तिमाले सुपर दश भाई बहिनिहरुलाई हौसाउनुका साथै आगामी दिनमा मेहनत अनि राम्रो गर्न शुभकामना पनि दिएकी छन, साथै उनले आफ्नो सुपर हिट गीतमा जोडदार प्रस्तुति समेत दिने छिन । स्वस्तिमाको सहभागिता रहेको उक्त एपिसोड निकै रमाइलो हुनेछ।
सिनेमा दुई रुपैयाको चर्चित गीत कुटुम कुटुको प्रशंगमा समेत रमाइलो हुने वाल छ किनकि बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिला भन्ने कुरामा उनि अझै अनबीज्ञ नै रहेको कुरा समेत उनले रमाइलो ढंगले सुनाएकि छिन्। यो शोको नयाँ शृंखला बिहिबार अनि शुक्रबार राती ९ बजे कान्तिपुर टेलिभिजन अनि ओएसआर रियालिटी युट्युबमा प्रशारण हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार