विश्वभर प्रेमगीत ३ प्रदर्शनमा, विशेष शोमा खुलेका प्रदीप र क्रिस्टिना [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १८:२०:१०
७ असोज, काठमाडौं । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।
शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेमगीत ३ का अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ आकर्षक पहिरनमा सहभागी थिए । साथै अभिनेत्री निरुता सिंह पनि उक्त शोमा सहभागी थिइन् ।
शुक्रबारबाट भारतमा प्रेमगीत ३ हिन्दी भाषामा प्रदर्शनमा आएको हो । नेपालमा पनि घटस्थापनको दिन १० असोजदेखि हिन्दी भाषामा रहेको प्रेमगीत ३ प्रदर्शनमा आउने निर्देशक सेनले बताए ।
भारतमा प्रेमगीत ३ लाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेको हो । प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार