नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षकको जागिर खाएको आरोपमा मन्त्रीकी श्रीमतीविरुद्ध मुद्दा
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २०:४७:५५
७ असोज, कैलाली । नक्कली प्रमाणपत्र पेस गरेर शिक्षकको जागिर खाएको आरोपमा मन्त्रीकी श्रीमतीविरुद्ध मुद्दा दर्ता भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकको जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव माविकी शिक्षिका गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
गीता सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन्। गीताले सो विद्यालयमा प्राथमिक तह राहत शिक्षकको रूपमा जागिर खाएकी थिइन्। यसरी जागिर खान उनले बोर्ड अफ सेकेन्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार