जनकपुरधाममा दशैंको विशेष रौनकता
नेपालबहस संवाददाता
असोज १०, २०७९ मंगलबार १:५७:३४
१० असोज, महेन्द्रनगर ‘धनुषा’ । जनकपुरधाममा दशैंको विशेष रौनकता छाएको छ । जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरसहित अन्य शक्ति पीठहरूलाई नयाँ बेहुली झैँ श्रृङ्गारिएका छन् । दशैंमा श्रद्धालुको केन्द्र बिन्दुको रूपमा रहेको राजदेवी मन्दिरसहित बौधीमाई, अन्नपूर्णा, देवीचौकमा रहेको भगवती मन्दिर, पियरिया माइस्थानलगायत शक्ति पीठहरूलाई विशेष रूपमा सजाइएका हुन् ।
दशैंको पहिलो दिनदेखि सबै मन्दिरमा पूजापाठ गर्नका लागि बिहानदेखि भीड लागेको हो । राजदेवी मन्दिर क्षेत्रको सरसजावटमा महावीर युवा कमिटीले विगत वर्ष झैँ यसवर्ष पनि लाखौँ रकम खर्च गरिएको छ । राजदेवी मन्दिरमा विशेष पूजा तथा भाकलअनुसार बोका बलिको व्यवस्थापन समितिले गर्दै आएको छ ।
राजा जनकको कूल देवताको रूपमा माता राजदेवीलाई मानिन्छ । जनकपुरधामको रामानन्द चोक तथा विद्यापति चोकमा माटोको आकर्षक एवं भव्य प्रतिमा बनाएर विधिवत् रूपमा घटस्थापना गरेर दसैँ पूजा सुरु भएको हो ।
श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको र भीडलाई ध्यानमा राखेर आवश्यकताअनुसार प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार